नेप्से ५४.५८ अंकले बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए मनग्य नाफा
काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आज नेप्से ५४.५८ अंकले बढेर २ हजार १९५.१० विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ६० करोड ९९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
आजको कारोबारमा यी १० कम्पनीका लगानीकर्ताले अत्यधिक कमाएका छन्। नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
यस्तै, युनाइटेड इदीमादी आरबी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशत, स्वाभिमान लघुवित्त र युनाइटेड इन्स्योरेन्सको सेयर भाउ ९.९८ प्रतिशत, नेसनल लाइफ इन्स्योरेन्सको सेयर भाउ ९.८० प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर भाउ ९.६८ प्रतिशतले बढेको छ।








डिसी नेपाल








Facebook Comment