युक्रेनले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका अध्यक्षसहित ३ भारतीयलाई कालोसूचीमा राख्यो

डिसी नेपाल
१५ साउन २०७९ १६:२६
968
Shares

काठमाडौं । युक्रेनमा तीन जना भारतीयलाई कालोसूचीमा राखिएको छ । यस विषयमा भारतीय विदेश मन्त्रालयले हाल केही पनि बोल्न आनाकानी गरिरहेको छ ।

अङ्ग्रेजी पत्रिका द हिन्दूको समाचार अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्को केन्द्रले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्ड (एनएनएसबी) का अध्यक्ष पीएस राघवनलाई रुसी प्रचार प्रसार गरेको आरोप लगाएको छ। केन्द्रले उनलाई अन्य यस्तै व्यक्तिहरूको सूचीमा समावेश गरेको छ।

स्रोतका अनुसार पीएस राघवनलाई यो सूचीमा राख्नु पनि गल्ती हुनसक्छ । तर, एक वरिष्ठ युक्रेनी अधिकारीले यो सूचीलाई सही ठहर गरेका छन्। उनले सूचीमा परेकाहरूलाई “रूसी प्रभावको बिना शर्त एजेन्ट” भने र उनीहरूमाथि प्रतिबन्ध लगाउने चेतावनी दिए।

गत जुलाई १४ मा जारी युक्रेन सरकारको यो सूचीमा भारतीय विदेश मन्त्रालयले केही भन्न अस्वीकार गरेको छ । तीन भारतीयमा पीएस राघवन, अमेरिकामा बस्ने लेखक साम पित्रोडा र वरिष्ठ पत्रकार सईद नक्वी छन्।

भारत सरकारले हालै पीएस राघवनलाई पुन: नियुक्त गरेको छ र एनएसएसबीको प्रमुखको रूपमा यो उनको तेस्रो कार्यकाल हो। रसियाका लागि भारतका राजदूत भइसकेका राघवनले यी आरोपहरू यति कमजोर भएको भन्दै टिप्पणी गर्न नसकिने बताएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *