प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जर सम्झौता
काठमाडौँ। प्रभु बैंक र सेञ्चुरी बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका छन्। दुवै बैंकले आइतबार (साउन १५ गते) १ः१ अनुपातमा मर्जरमा जान सम्झौता गरेका हुन्।
सम्झौतामा प्रभु बैंकका तर्फबाट अध्यक्ष लिला प्रसाद सिटौला र सेन्चुरी बैंकका तर्फबाट राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। मर्जरपश्चात प्रभु बैंकको नाममा एकिकृत कारोबार हुनेछ।
अहिले प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ। १ः१ अनुपातको स्वापमा मर्जर हुँदा प्रभु बैंक लिमिटेडको चुक्ता पुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment