दुई कम्पनीको ८६ लाख ३६ हजार ८५१.०५६१ कित्ता सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
१६ साउन २०७९ ११:४५
36
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको ८६ लाख ३६ हजार ८५१.०५६१ कित्ता सेयर सुचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा नेपाल फाइनान्स र गरिमा विकास बैंक रहेको छ।

नेपाल फाइनान्सको २३ लाख १९ हजार ७५८.०८८ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो। कम्पनीले जेठ ६ गतेबाट जेठ २६ गतेसम्म ७० प्रतिशत हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो। कम्पनीले १ः७० को अनुपातमा प्रति कित्ता एक सय रूपैयाँ अंकित मूल्यमा हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो।

यस्तै, गरिमा विकास बैंकको ६३ लाख १७ हजार ०९२.९६८१ कित्ता बोनस सेयर सूचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट आफ्नो लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।  सोहि प्रस्तावित लाभांश नेप्सेमा सूचिकृत भएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.