एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण

डिसी नेपाल
१६ साउन २०७९ २१:०७
104
Shares

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ ।

आज गरिएको परीक्षणबाट पोखरेलमा कोरोना पोजेटिभ देखिएको हो । पोखरेलमा संक्रमण पुष्टि भएसँगै उनी धापासीस्थित निवासमै आराम गरिरहेका छन् ।

उनलाई निमोनियाको लक्षण पनि देखिएको छ । स्वास्थ्य समस्याका कारण उनको प्रदेश नम्बर १ का पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.