लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

डिसी नेपाल
२४ साउन २०८३ २२:३४

काठमाडौं। प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जना पक्राउलाई पक्राउ गरेको छ। विभिन्न जिल्लाबाट खटिएको प्रहरीको टोलीले काठमाडौं, सिराहा, कैलाली, बाँके, धनुषा, कञ्चनपुर र पर्साबाट शनिबार र आज गरी १६ जना पक्राउ गरी सार्वजनिक गरेको हो।

काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीबाट अवैध लागुऔषध गाँजा करिब ६६० ग्रामसहित कामपा-८ पशुपति क्षेत्रमा बस्ने सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय भक्तबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-८ धास्की डेरा गरी बस्ने चितवन घर भएका ३२ वर्षीय सुगम मैनालीसहित पाँच जना, सिराहाको गोलबजार नगरपालिका-८ पुरानो चौहर्वाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ चार ग्राम ५६ मिलिग्रामसहित २३ वर्षीय जयकुमार नायक पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

कैलालीको घोडाघोडी नगरपालिका-२ नयाँबजारबाट एक, धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट एक, बाँकेको खजुरा गाउँपालिका-३ बिगाउँबाट सुमन थापामगरसहित तीन, धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ बाट एक जना पक्राउ परेका छन्।

त्यस्तै, कञ्चनपुरको लालझाँडी गाउँपालिका-२ बाट दुई र पर्साको बिन्दवासिनी गाउँपालिका-४ मधवलबाट गाँजा जस्तो देखिने पदार्थसहित हेटौँडा उपमहानगरपालिका-३ का २३ वर्षीय दिपेश तामाङलाई इलाका प्रहरी कार्यालय पोखरीयाको टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *