काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजबाट ‘आतंकवादी’ को आशंकामा २ जना पक्राउ
काठमाडौँ । काठमाडौंबाट मुम्बइ जान लागेको नेपाल एयरलाइन्सको विमानबाट २ जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीले यी २ जनालाई ‘आतंकवादी’ हुन सक्ने आशंकामा नियन्त्रणमा लिएको हो ।
जहाजमा आतंकवादी हुन सक्ने शंकास्पद व्यक्ति भएको सूचना प्राप्त भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरू मुम्बई जाने तयारीमा थिए । उनीहरूको अहिलेसम्म प्राप्त विवरणले उनीहरूको पहिचान पति पत्नीको रूपमा गराउँछन् । कैलाली प्रहरीले उनीहरू कूनै आतंकवादी संगठनमा सक्रिय व्यक्ति हुन सक्ने सूचना पठाएको थियो ।
ढोका बन्द भएर उड्न लागेका बेला प्रहरीले अनुसन्धानका लागि जहाज रोकेको थियो । उनीहरूलाई पक्राउ गरिएपछि निर्धारित समयमा उड्न नसकेको जहाज करिब २ घण्टा डिले हुने बताइएको छ । सबै यात्रुको फेरि जाँच गरेर उनीहरूलाई जहाजमा चढाइनेछ ।
काठमाडौंबाट बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको थियो ।







डिसी नेपाल








Facebook Comment