अवरुद्ध बेनी–जोमसोम सडक तीन दिन पछि खुल्यो

डिसी नेपाल
२० साउन २०७९ ९:००
64
Shares

लम्जुङ। बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ।

कालीगण्डकी करिडोरअन्तर्गतको मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिराका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो।

अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भासिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेर बिहिवार साँझ देखी सञ्चालनमा ल्याइएको हो । पहिराले काभ्रेभिरमा तीन मिटर सडक पुरिएको थियो भने सोही स्थान नजिकको घोप्टेभिरमा करिब ५० मिटर सडक भासिए पछि बुधवार देखी नै वाटो खुलाउने प्रयत्न गरिएको थियो।

सडक सञ्चालन भएसँगै सवारीसाधन ओहोरदोहोर गर्न थालेका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए। बीच बाटोमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.