काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

डिसी नेपाल
२० साउन २०७९ १३:०६
440
Shares

काठमाडौँ। काठमाडौं महानगरपालिका–४ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ रावावेशी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–४ गणेशवस्ती बस्ने ४७ वर्षीय प्रेम कुमार गुरुङ समेत १२ जना छन्। उनहरुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २७ हजार रूपैयाँ र ३० बुक तास सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी बुढानिलकण्ठ नगरपालिका–१० कपन रुद्रमती चोक बस्ने अर्जुन प्रसाद अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा अधिकारी समेत ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *