विराटनगरमा साइकलको ठक्करबाट एक वृद्धको मृत्यु
मोरङ। मोरङको बिराटनगर महानगरपालिका–१९ मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा पैदलयात्री मोरङकै ग्रामथान गाउँपालिका–२ का ७० वर्षीय हर्कदेव सरदार रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो।
ग्रामथान गाउँपालिका–२ कै ३५ वर्षीय बिनोद मोडियारीले चलाएको साइकलले आज बिहान साढे ७ बजे वृद्धलाई ठक्कर दिएको थियो। दुर्घटना पश्चात् साइकलयात्री फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी झोराहाट मोरङले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment