इमरान खानले एक्लै ९ वटा निर्वाचन क्षेत्रबाट चुनाब लड्ने

डिसी नेपाल
२१ साउन २०७९ १०:५७
472
Shares

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले शुक्रबार पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का सांसदहरूले राजीनामा दिएपछि खाली भएका नौ सिटमा आफैंले चुनाव लड्ने घोषणा गरेका छन्। ११ अप्रिलमा इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव ल्याइयो र इमरान सत्ताबाट बाहिर भए। दुई दिनपछि पीटीआईका कम्तीमा १२४ सांसदले सामूहिक राजीनामा दिएका थिए ।

तर सभामुखले तीमध्ये ११ जनाको मात्र राजीनामा स्वीकृत गरेपछि जुलाई २८ मा पाकिस्तानको निर्वाचन आयोग (इसीपी) ले नौ सिटमा उपचुनाव हुने घोषणा गरेको थियो। दुई जना सदस्य अप्रत्यक्ष रूपमा निर्वाचित भएकाले कुनै निर्वाचन आवश्यक छैन भनिएको थियो । पीटीआईले घोषणा गरेको छ कि इमरान खानले व्यक्तिगत रूपमा ९ निर्वाचन क्षेत्रबाट चुनाव लड्ने निर्णय गरेको छ।

पाकिस्तानमा एक व्यक्तिले कति सिटमा उम्मेदवारी दिन सक्छ भन्नेमा कुनै कानुनी बाधा छैन। तर, निर्वाचनपछि निर्वाचित व्यक्तिले एउटा मात्र सिट कायम गर्न सक्ने र त्यसपछि निर्वाचन आयोगले ती सिटमा ६० दिनभित्र पुनः निर्वाचन गराउनेछ । पीटीआई नेता फवाद चौधरीले भने कि पार्टीले आगामी ४८ घण्टा भित्र इस्लामाबादमा र्‍याली गर्ने छ र यसले सरकारलाई विधानसभा भंग गर्न र नयाँ चुनाव गराउने समयसीमा दिनेछ।

‘हामी समयसीमा दिन्छौँ र सरकारले सो अवधिभित्र सभा विघटन नगरे भावी कार्यदिशा सार्वजनिक गर्नेछौँ,’ चौधरीले भने, ‘अधिकमा एक महिना म्याद दिइनेछ ।’
हालको विधानसभाले अर्को वर्ष अगस्टमा आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्नेछ, तर खान र उनको पीटीआई मध्यावधि चुनाव गराउन प्रतिबद्ध छन्। बिहीबारको एक मिडिया रिपोर्ट अनुसार पाकिस्तानको निर्वाचन आयोगले निर्धारित समय भन्दा एक वर्ष अगाडि अक्टोबरमा आम चुनाव गराउने तयारी गरिरहेको छ।

अगस्ट २ मा, पाकिस्तानको निर्वाचन आयोगले इमरान खानको पार्टीले प्रतिबन्धित रकम प्राप्त गरेको फैसला गरेको थियो। पीटीआईले ३४ वटा विदेशी चन्दा प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । यी चन्दा अमेरिका, अष्ट्रेलिया र युएईबाट लिइएको हो । यति मात्र होइन, पीटीआईले अमेरिकी उद्योगपतिबाट पनि रकम लिएको थियो । यसबाहेक दुबईका पाकिस्तानी उद्योगपति आरिफ नक्वीबाट रकम प्राप्त गरी १३ खाताको जानकारी लुकाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *