चीनसँगको तनावका बीच ताइवानको रक्षा मन्त्रालयका शीर्ष अधिकारीको लाश भेटियो
काठमाडौं । चीन–ताइवान संकट अहिले गहिरो बन्दै गएको छ । चीनसँगको तनावका बीच ताइवानलाई ठूलो धक्का लागेको छ । ताइवानको मिसाइल विकासका प्रमुख अधिकारी होटलको कोठामा मृत फेला परेका छन् ।
उनको मृत्युको कारण भने खुल्न सकेको छैन । तर उनको मृत्यु यस्तो समयमा भएको छ जब चीनले ताइवानलाई लगातार घेराबन्दी गरिरहेको छ र एकपछि अर्को लाइभ फायर ड्रिल गरिरहेको छ। एजेन्सीका अनुसार ताइवानको रक्षा मन्त्रालयको अनुसन्धान र विकास इकाईका उपप्रमुख ओ याङ लि-हिङको मृत्यु भएको छ।
यसै क्रममा ताइवानको रक्षा मन्त्रालयको ठूलो बयान आएको छ । ताइवानले चीनले मुख्य टापुमा लगातार आक्रमण गर्ने प्रयास गरिरहेको जनाएको छ। चीनबाट धेरै मिसाइलहरू प्रहार गरिएको छ।
ताइवानको रक्षा मन्त्रालयले चिनियाँ लडाकु विमानहरूले ताइवानको मध्यरेखा पार गरिरहेको बताएको छ। चिनियाँ लडाकु विमानहरू यसतर्फ आउँदै गरेको देखिन्छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चीनले ताइवानको मुख्य टापुमा लगातार मिसाइल प्रहार गरिरहेको जनाएको छ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन आक्रोशित भएको छ । त्यसैले चीनले आक्रामक सैन्य अभ्यास सुरु गरेको छ । यति मात्र होइन, चीनले न्यान्सीको भ्रमणको पनि विरोध गरेको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment