अमेरिकी सभामुख न्यान्सी पेलोसीको चिनियाँ पत्रकारसँग बिहे !
काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी यतिबेला चर्चामा छिन् । उनले ताइवान गएर चीनसँग निहुँ खोजेकी छन् । चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ र विश्वको कुनै पनि देशको ताइवानसँगको सम्बन्ध देखेर रिसाउँछ ।
न्यान्सीको एउटा तस्बिर पनि अहिले भाइरल भइरहेको छ । जसमा उनी एक चिनियाँ पुरुषसँग देखिएकी छिन् । यो तस्बिरको बारेमा भनिएको छ कि न्यान्सीले आफ्नो युवावस्थामा चिनियाँ पत्रकारसँग विवाह गरेकी थिइन् । तर जर्मन प्रसारक डेचे वेलेले आफ्नो तथ्य जाँचमा यो दाबी झुटो भएको बताएको छ।
न्यान्सीले चिनियाँ नागरिकसँग कहिल्यै विवाह गरिनन्। न्यान्सीलाई बदनाम गर्न चीनले प्रायोजित सामाजिक सञ्जाल अकाउन्टबाट यस्ता सन्देश फैलाएको बताइएको छ । न्यान्सी यसअघि पनि चीनको नजरमा परेकी थिइन् । उनले आफ्नो राजनीतिको प्रारम्भिक दिनदेखि नै चीन विरोधी अडान राखेकी थिइन्।

न्यान्सी पेलोसी राष्ट्रपति र उपराष्ट्रपतिपछि अमेरिकाको तेस्रो शक्तिशाली नेता हुन्। न्यान्सी अमेरिकाको राजनीतिक परिवारसँग सम्बन्धित छिन्। उनका बुबा र भाइ अमेरिकी सहरका मेयर भएका छन्। सन् १९८७ मा पहिलोपटक सांसद बनेकी न्यान्सी सन् २००७ मा सभामुख बनेकी थिइन् । ८१ वर्षीय न्यान्सीको यो चौथो कार्यकाल हो ।
निर्वासित तिब्बती धर्मगुरु दलाई लामालाई चीनले आफ्नो शत्रु मानेको छ । दलाइ लामाको कुनै पनि देशका नेतासँगको भेटमा चीन आक्रोशित हुन्छ । यसका बाबजुद पनि न्यान्सी पेलोसीले दलाई लामालाई आफ्नो दुई भारत भ्रमणका क्रममा भेटिन् । २००८ र २०१७ मा न्यान्सीले भारतमा दलाई लामालाई भेटिन् । दुवै पटक चीनले उनको कडा आलोचना गरेको थियो।
28 years ago, we traveled to Tiananmen Square to honor the courage & sacrifice of the students, workers & ordinary citizens who stood for the dignity & human rights that all people deserve. To this day, we remain committed to sharing their story with the world. #Tiananmen30 pic.twitter.com/7UqiJVRS3t
— Nancy Pelosi (@SpeakerPelosi) June 4, 2019
सन् १९९१ मा सांसदको हैसियतमा न्यान्सी प्रतिनिधिमण्डलसँग चीन भ्रमणमा गइन् । यस भ्रमणमा उनले राजधानी बेइजिङको प्रसिद्ध तियानमेन स्क्वायर पुगेर चीनको विरोध गरिन् । न्यान्सी र उनका साथी अमेरिकी सांसदहरूले प्रजातन्त्र समर्थक पोस्टरहरू लहराए। सन् १९८९ मा चीनले तियानमेन स्क्वायरमा हजारौं प्रजातन्त्र समर्थकको गोली हानी हत्या गरेको थियो ।
न्यान्सी पेलोसीको ताइवान भ्रमण पनि महत्त्वपूर्ण छ किनभने उनी २५ वर्षमा ताइवान भ्रमण गर्ने पहिलो अमेरिकी नेता हुन्। उनको स्पष्टवक्ता, लामो राजनीतिक-कूटनीतिक अनुभव र बलियो विश्वव्यापी नेताको छविलाई ध्यानमा राख्दै, न्यान्सीलाई अमेरिकी प्रशासनको यो महत्त्वपूर्ण भ्रमणको लागि छनोट गरिएको थियो।







डिसी नेपाल







Facebook Comment