एलन मस्कले भने- अझै पनि ट्विटर कम्पनी किन्न सक्छु

डिसी नेपाल
२१ साउन २०७९ १६:१४
36
Shares

काठमाडौं । एलन मस्कले ट्वीटरमा फेरि प्रश्न उठाएका छन् । कम्पनीले एक सय खाताको नमूना संकलन गर्ने विधि उपलब्ध गराए र त्यसको यथार्थ पहिचान गरेको बतायो भने पुरानो सर्तअनुसार कम्पनी किन्न तयार रहेको उनले बताए ।

शनिबार एक ट्वीटमा, मस्कले भने कि यदि ट्विटरको एसइसी फाइलिङ गलत छ भने सम्झौता अगाडि बढ्नु हुँदैन। समाचार एजेन्सी रोयटर्सका अनुसार एक ट्विटर प्रयोगकर्ताले मस्कलाई युएस एसईसीले कम्पनीको शंकास्पद दावीको अनुसन्धान गरिरहेको छ कि भनी सोधे, उनले भने- राम्रो प्रश्न। छानबिन किन हुदैन ?

मस्कको यो भनाइमा ट्विटरबाट प्रतिक्रिया जान्न प्रयास गरिएको भए पनि उसले प्रतिक्रिया दिएन । बिहीबार, ट्विटरले मस्कको कम्पनी किन्न सम्झौतामा हस्ताक्षर गरेर उनी ठगिएको दावीलाई अस्वीकार गर्‍यो । ट्विटरले मस्कको भनाइ अविश्वसनीय र तथ्यभन्दा बाहिर रहेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *