श्रीलंकापछि अब बंगलादेशमा जनता सरकारको विरोधमा उत्रिए, सडकमा हिंसात्मक प्रदर्शन

डिसी नेपाल
२२ साउन २०७९ १३:३०
1.4k
Shares

काठमाडौं । बंगलादेशमा पेट्रोल र डिजेलको मूल्यमा भएको भारी वृद्धिपछि देशभर हिंसात्मक प्रदर्शन भएको छ । सरकारले शुक्रबार पेट्रोलमा ५१ दशमलव ७ प्रतिशत र डिजेलको मूल्य ४२ दशमलव ५ प्रतिशतले बढाएको थियो । यसपछि मानिसहरु आफ्नो गाडी लिएर पेट्रोल पम्पतर्फ हिँड्न थाले ।

बंगलादेशमा प्रदर्शन यति भयंकर थियो कि धेरै शहरहरूमा आगजनी र ढुङ्गा हानेका घटनाहरू भएका थिए। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो ।

शनिबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि लागू हुनुअघि देशभरका पेट्रोल पम्पमा ठूलो संख्यामा मानिसहरु पुगेका थिए । पेट्रोल पम्पमा ठूला-ठूला लाइनहरू थिए र आतंकको वातावरण थियो।

यसैलाई मध्यनजर गर्दै केही पेट्रोल पम्पले पेट्रोल र डिजेल बिक्री बन्द गरेपछि विरोध प्रदर्शन भएको थियो । पेट्रोल र डिजेलको मूल्यमा भएको यो भारी बृद्धिले लाखौं जनताको जनजीवन प्रभावित भएको आन्दोलनकारीले बताएका छन् ।

रुस–युक्रेन युद्धका कारण कच्चा तेलको आपूर्तिमा आएको समस्याबाट बंगलादेश पनि प्रभावित भएको छ । युक्रेनमा रुसले गरेको आक्रमणपछि पश्चिमी देशहरूले रुसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् ।

बंगलादेशमा ऊर्जा संकटले विद्युत आपूर्तिमा पनि असर गरेको छ । देशका कतिपय स्थानमा १३ घण्टा विद्युत् कटौती भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार बंगलादेशको ४१६ अर्ब डलरको अर्थतन्त्र वर्षौंदेखि विश्वको सबैभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र रहेको छ ।

यद्यपि, रुस-युक्रेन युद्धका कारण बढ्दो ऊर्जा र खाद्यान्नको मूल्यले देशको आयात बिल बढाएको छ, जसले सरकारलाई अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत अन्य विश्वव्यापी एजेन्सीहरूबाट ऋण लिन बाध्य पारेको छ।

ऊर्जा मन्त्रालयले विश्व बजारको अवस्था हेर्दा तेलको मूल्य वृद्धि रोक्न नसकिने बताएको छ । बंगलादेश पेट्रोलियम कर्पोरेशनले असारसम्मको ६ महिनामा आठ अर्ब रुपैयाँ घाटा बेहोरेको उनले बताए ।

ऊर्जामन्त्री नसरुल हमिदले भने, ‘नयाँ मूल्य सबैले धान्न सक्दैन । तर, हामीसँग अर्को उपाय थिएन । जनताले धैर्य गर्नुपर्छ।” विश्व बजारमा कच्चा तेलको मूल्य घटेमा देशमा तेलको मूल्य परिवर्तन हुने उनले बताए ।

यसै क्रममा प्रमुख विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले यसलाई जनताको घाउमा नुन छर्केको बताएका छन् । उनले मूल्यवृद्धिले बंगलादेशको अर्थतन्त्रमा निकै नराम्रो असर पर्ने बताए ।

लगातार नौ महिनामा ६ प्रतिशतमा रहेको बंगलादेशको महंगी जुलाईमा बढेर ७.४८ प्रतिशत पुगेको छ । तर, हालैका हप्ताहरूमा तेलको विश्वव्यापी मूल्यमा कमी आएको छ। शुक्रबार तेलको मूल्य फेब्रुअरीयताकै न्यून स्तरमा थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *