९ वटा क्षेत्रमा उम्मेदवारी दिने इमरान खानको घोषणा

डिसी नेपाल
२२ साउन २०७९ १५:२८
968
Shares

इस्लामाबाद। पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानले आगामी उपनिर्वाचनमा नौ वटै क्षेत्रमा एक्लै उम्मेदवारी दिने घोषणा गरेका छन्। आफ्ना पार्टीका सांसदहरूले दिएको राजीनामालाई सभामुखले स्वीकृत गरेपछि रिक्त नौ वटै स्थानमा उपनिर्वाचन हुँदैछ।

आगामी २५ सेप्टेम्बरमा उपनिर्वाचन हुने पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ। सबै रिक्त सिटमा चुनाव लड्ने खानको निर्णयले राजनीतिक वृत्तमा तरंग खडा गरेको छ।

पछि पार्टीका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीले पत्रकार सम्मेलनमा बोल्दै खान नौ वटै निर्वाचन क्षेत्रबाट उठ्ने निर्णय गरेको पुष्टि गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *