बेलायतको प्रधानमन्त्रीको रेसमा पछि परे ऋषि, ट्रसलाई हरेक १० मध्ये ६ सदस्यको समर्थन
काठमाडौं । बेलायतको नयाँ प्रधानमन्त्री पदका लागि भारतीय मूलका ऋषि सुनक र लिज ट्रसबीचको प्रतिस्पर्धा चर्किएको छ । सुरुमा सुनकलाई आफ्नो कन्जरभेटिभ पार्टीका १३७ सांसदको समर्थन थियो । लिज ट्रसले मात्र ११३ सांसदको समर्थन जुटाउन सफल भएकी थिइन् । अब कन्जरभेटिभ पार्टीका करिब २ लाख स्थायी सदस्यले फाइनलमा मतदान गर्नेछन् । त्यसपछि मात्र नयाँ प्रधानमन्त्री चयन हुनेछ ।
पार्टीका ९६ प्रतिशत स्थायी सदस्य गोरा छन् । कन्जरभेटिभ पार्टीले भर्खरै गरेको युगँ पोलले ट्रसलाई सुनकमाथि २८ प्रतिशतको अग्रता दिएको छ। ट्रसले ५८ प्रतिशत मत पाएकी छिन् भने सुनकले ३० प्रतिशत मात्रै मत पाएका छन् । सुनक पार्टीका स्थायी सदस्यको समर्थनमा पछि परेको देखिन्छ । आगामी दिनमा पनि सुनक र ट्रसबीचको भिन्नता यथावत रहने राजनीतिक विज्ञहरू बताउँछन् । अर्को सर्वेक्षण अनुसार पार्टीका प्रत्येक १० जना सदस्यमध्ये ६ जना सदस्य ट्रससँग छन् ।
अब सुनक र ट्रस कन्जरभेटिभ पार्टीका सदस्यहरुबीच भोट माग्न लागेका छन् । यसलाई हेस्टिङ्स भनिन्छ। एक्सेटर, कार्डिफ र ईस्टबोर्नमा यस्तो हेस्टिङ्समा सुनकको छवि पूर्व प्रधानमन्त्री बोरिस जोनसनलाई धोका दिएर सत्ता कब्जा गर्न चाहने नेताको रूपमा पार्टीका सदस्यहरूमा सिर्जना भइरहेको छ।
यद्यपि कन्जरभेटिभ पार्टीका सदस्यहरू आफ्नो विचार सार्वजनिक गर्नबाट बच्न खोज्छन्, तर एक सदस्यले सुनकलाई जोनसनको शक्ति गुमाउनुको मुख्य कारण मानिएको बताए। सुनकले राजीनामा दिएर जोनसन विरुद्ध विद्रोह सुरु गरेका थिए । धेरैजसो पार्टीका सदस्यहरूले जोनसनको गल्तीलाई उनको पतनको कारण ठान्दैनन्। यसका लागि उनीहरुले ऋषि सुनकलाई दोष दिएका छन् ।
कन्जरभेटिभ पार्टीका ९६ प्रतिशत गोरा सदस्यहरूमध्ये २१ प्रतिशत कन्जरभेटिभ इङ्लिस हेरिटेज ट्रस्टसँग आबद्ध छन्। सुनकका लागि उनीहरुको समर्थन पाउन मुस्किल छ । सांसदको समर्थनपछि सुनक पछि पर्नुको वास्तविक कारण यी गोरा सदस्य रहेको विज्ञहरू बताउँछन् । कन्जरभेटिभ पार्टीका ६८% सदस्य ५० वर्षभन्दा माथिका छन् । यी मध्ये धेरैले गोरा उम्मेदवारलाई भोट दिन रुचाउँछन्।
सुनकले चीन बेलायतको लागि सबैभन्दा ठूलो सुरक्षा खतरा र चुनौती भएको विश्वास व्यक्त गरेका छन् । उनले देशका सबै ३० कन्फ्युसियस संस्थानहरू बन्द गर्ने वकालत गर्छन्। साथै चीन-युके अनुसन्धान साझेदारीको समीक्षा गर्न चाहन्छन् । चीनको ‘प्रविधि आक्रामकता’ को प्रतिकार गर्न ‘नेटो शैली’ गठबन्धन अपनाउनेछन् । यससँगै चिनियाँहरूको औद्योगिक जासुसी बन्द गर्नेछन्।
अर्कोतर्फ बेलायतले चीनमाथिको निर्भरता घटाउनुपर्ने ट्रसको विश्वास छ । देशका महत्वपूर्ण पूर्वाधार आयोजनाका लागि चीनमाथिको निर्भरता बन्द गर्नेछिन् । व्यापार र लगानीबाट राष्ट्रमण्डललाई चीनभन्दा बलियो बनाउन चाहन्छिन् । यससँगै बेलायतले चिनियाँ स्वामित्वमा रहेको टिकटकमाथि कारबाही गर्नुपर्छ भन्ने उनको धारणा छ ।







डिसी नेपाल







Facebook Comment