रुसले अमेरिकालाई आणविक हतियारको निरीक्षण गर्नबाट रोक्यो, तनाव बढ्यो
काठमाडौं । रुसले अमेरिकालाई आफ्नो रणनीतिक आणविक हतियारको निरीक्षण गर्न प्रतिबन्ध लगाएको छ । रुसले यो निरीक्षण अस्थायी रूपमा बन्द गरेको बताएको छ। नयाँ स्टार्ट नामको हतियार नियन्त्रण सन्धि अन्तर्गत यो निर्णय गरिएको हो।
रुसको विदेश मन्त्रालयले अमेरिकाले यसको फाइदा उठाउँदै आएको र रुसको आफ्नै भूमिमा पर्यवेक्षण गर्ने अधिकारको पालना नगरेको बताएको छ । युक्रेनका कारण आफूमाथि लगाइएको प्रतिबन्धले दुई देशबीचको स्थितिमा परिवर्तन आएको रुसले जनाएको छ ।
नयाँ स्टार्ट नामक हतियार नियन्त्रण सन्धि सन् २०११ मा लागू भएको थियो। यस अन्तर्गत प्रत्येक देशले १,५५० लामो दूरीका आणविक हतियारहरू तैनाथ गर्न सक्नेछन्। यो सन्धि २०२६ मा समाप्त हुनेछ।
एक साताअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग नयाँ आणविक हतियार सम्झौतामा काम गर्न तयार रहेको बताएका थिए । यो सन्धि दुई देशबीच आणविक युद्ध रोक्न र हतियार घटाउने उद्देश्यले गरिएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment