पेट्रोलियम पदार्थमा ५० प्रतिशत मूल्यबृद्धिपछि देशव्यापी प्रदर्शन

डिसी नेपाल
२४ साउन २०७९ ११:१२
1.6k
Shares

ढाका। बंगलादेशमा पेट्रोलियम पदार्थको भारी मूल्यबृद्धिको देशव्यापी विरोध भएको छ। बंगलादेशी सञ्चारमाध्यमका अनुसार यो मूल्यवृद्धि ‘अहिलेसम्मकै उच्च’ हो।

सरकारले केही दिनअघि पेट्रोल र डिजेलको मूल्यमा ५० प्रतिशतभन्दा बढी वृद्धि गरेको थियो। टापु देश श्रीलंकापछि दक्षिण एसियाको अर्को देश बंगलादेश पनि प्रदर्शनबाट प्रभावित छ। आक्रोशित प्रदर्शनकारीहरूले अप्रत्याशित मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बंगलादेशभर इन्धन स्टेसनमा घेरा हालेका छन्।

शेख हसिना सरकारले मंगलबार पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको थियो। ५१ दशमलब ७ प्रतिशतले गरिएको उक्त वृद्धि बंगलादेश स्वतन्त्र भएपछि अहिलेसम्मकै इन्धनमा भारी मूल्यबृद्धि भएको जनाइएको छ। मूल्यबृद्धिका बाबजुद पेट्रोल भर्ने मानिसहरूको लाम पेट्रोल पम्पहरूमा देख्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *