ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

डिसी नेपाल
२४ साउन २०७९ १२:३६
672
Shares

ललितपुर। महालक्ष्मी नगरपालिका–९ लामाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। प्रदेश ०३–०२–०१२ प ८३६८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सोमबार दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका–१३ झरुवारासी बस्ने १८ वर्षीय उत्सब नगरकोटी रहेका छन्। दुर्घटनामा गम्भीर घाईते भएका उनको कृष्ट अस्पताल हुँदै बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.