एकैदिन १ हजार ९० जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

डिसी नेपाल
२४ साउन २०७९ १६:४३
108
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९० जना कोरोना संक्रमित थपिएका छन् छ भने दुई जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९५८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५६० तथा ३ हजार ३४२ एन्टिजेन विधिबाट ५३० जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ४३८ जना कोरोना मुक्त भएका छन् । आज थपिएकासँगै देशभर कूल सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.