हुम्लामा भिरबाट खसेर एकजनाको मृत्यु

डिसी नेपाल
२४ साउन २०७९ २२:५९

सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । अदानचुली–१ का ६३ वर्षीय धनबहादुर थापाको भिरबाट खसेर मृत्यु भएको हो ।

सोमबार बिहानै घाँस काट्न हिँडेका थापा साँझसम्म पनि नफर्केपछि खोजी गर्दा अदानचुली गाउँपालिका–१ को सिरुपाटामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोठालाले खोजी गरेपछि उनी मृत भेटिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *