बारुदी सुरुङ हटाउन युक्रेनलाई अमेरिकाले दियो ८९ मिलियन डलर सहयोग
न्युयोर्क। अमेरिकाले युक्रेनलाई रुसी सेनाले राखेको बारुदी सुरुङ हटाउन ८९ मिलियन डलर उपलब्ध गराउने घोषणा गरेको छ। उक्त रकमले १०० वटा बारुदी सुरुङ हटाउने टोलीलाई सहयोग र थप युक्रेनी कर्मचारीहरूलाई तालिम र सुसज्जित गर्नेछ।
युद्धका क्रममा युक्रेनमा विभिन्न क्षेत्रमा बारुदी सुरुङ बिच्छाइएका अनुमान गरिएका छन्। ‘रुसको गैरकानुनी र अप्रत्याशित थप आक्रमणले युक्रेनको ठूलो भूभागमा बारुदी सुरुङ, विस्फोट नगरिएका हतियारहरू र इम्प्रोभाइज्ड विस्फोटक उपकरणहरू भरिएको छ’, अेमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।
‘यी विस्फोटक खतराहरूले उर्वर खेती भूमिमा पहुँच रोक्छ। पुनर्निर्माण प्रयासमा ढिलाइ गर्दछ। विस्थापित समुदायहरूलाई उनीहरूको घर फर्कनबाट रोक्छ र निर्दोष युक्रेनी नागरिकको ज्यान जोखिममा पार्छ, ’ विज्ञप्तिमा भनिएको छ।
रुसी सेनाले खाद्यान्न सुविधा, कार ट्रंक, धुने मेसिन, ढोका, अस्पतालको ओछ्यान र लडाइँमा मारिएका मानिसहरूका शव लुकाइएका स्थानमा माइन राखेको एक अमेरिकी अधिकारीले बताएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment