बारुदी सुरुङ हटाउन युक्रेनलाई अमेरिकाले दियो ८९ मिलियन डलर सहयोग

डिसी नेपाल
२५ साउन २०७९ ८:५५

न्युयोर्क। अमेरिकाले युक्रेनलाई रुसी सेनाले राखेको बारुदी सुरुङ हटाउन ८९ मिलियन डलर उपलब्ध गराउने घोषणा गरेको छ। उक्त रकमले १०० वटा बारुदी सुरुङ हटाउने टोलीलाई सहयोग र थप युक्रेनी कर्मचारीहरूलाई तालिम र सुसज्जित गर्नेछ।

युद्धका क्रममा युक्रेनमा विभिन्न क्षेत्रमा बारुदी सुरुङ बिच्छाइएका अनुमान गरिएका छन्। ‘रुसको गैरकानुनी र अप्रत्याशित थप आक्रमणले युक्रेनको ठूलो भूभागमा बारुदी सुरुङ, विस्फोट नगरिएका हतियारहरू र इम्प्रोभाइज्ड विस्फोटक उपकरणहरू भरिएको छ’, अ‍ेमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।

‘यी विस्फोटक खतराहरूले उर्वर खेती भूमिमा पहुँच रोक्छ। पुनर्निर्माण प्रयासमा ढिलाइ गर्दछ। विस्थापित समुदायहरूलाई उनीहरूको घर फर्कनबाट रोक्छ र निर्दोष युक्रेनी नागरिकको ज्यान जोखिममा पार्छ, ’ विज्ञप्तिमा भनिएको छ।

रुसी सेनाले खाद्यान्न सुविधा, कार ट्रंक, धुने मेसिन, ढोका, अस्पतालको ओछ्यान र लडाइँमा मारिएका मानिसहरूका शव लुकाइएका स्थानमा माइन राखेको एक अमेरिकी अधिकारीले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *