अझै नियन्त्रणमा आउन सकेन बालाजुस्थित जुत्ता उद्योगमा लागेको आगो

डिसी नेपाल
२५ साउन २०७९ १३:१२
732
Shares

काठमाडौँ। काठमाडौँ महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको आगलागी नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए। उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ। अहिले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी आगाे नियन्त्रणमा खटिएका छन्।

आगलागी नियन्त्रणमा लिन जुद्ध वारुणयन्त्र, सेना र प्रहरीको दमकलसमेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ। कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना भएपछि स्थानीय त्रसित बनेका छन्। आगलागीको कारण भने खुल्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.