जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

डिसी नेपाल
२५ साउन २०७९ १३:५६
432
Shares

सल्यान। बागचौर नगरपालिका–३ रारेचौरस्थित खाली घरमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही नगरपालिका–५ गोठीवन बस्ने ३९ वर्षीय लिलमान भण्डारी लगायत ४ जना छन् । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरुलाई १८ हजार ७ सय ४५ रुपैयाँ र ४ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.