श्रीलंकामा विद्युत शुल्क २६४ प्रतिशतले वृद्धि
कोलम्बो। श्रीलंकाको राज्यसञ्चलित विद्युत निकायले कम खपत गर्ने उपभाेक्ताका लागि २६४ प्रतिशतले विद्युत महशुल बढाउने भएको छ। जबकी उच्च प्रयोगकर्ताहरूका लागि भने थोरै महशुल बढाउँनेछ।
घाटामा रहेको सिलोन विद्युत बोर्ड (सीईबी)ले बुधबारदेखि नयाँ शुल्क ताेकेकाे हाे। बोर्डले नाै वर्षमा पहिलो पटक उच्च वृद्धि गरेको हो।
सीइबीले आठ सय प्रतिशतभन्दा बढी शुल्क वृद्धिका लागि अनुरोध गरेको थियो। तर, नियामक निकायले अधिकतम २६४ प्रतिशतसम्म वृद्धि गर्न अनुमति दिएको अधिकारीहरूले बताए।
शुल्क वृद्धिले ७.८ मिलियन घरपरिवारमध्ये एक महिनामा ९० किलोवाटभन्दा कम विद्युत प्रयोग गर्ने दुई तिहाइ सबैभन्दा बढी वृद्धिबाट प्रभावित हुनेछन् । ठूला उपभोक्ताहरूले करिब ८० प्रतिशत बढी तिर्नेछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment