यस्ताे छ आइतबारसम्म मौसमकाे आकलन
काठमाडौं। आज मुलुकका विभिन्न भेगमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनेछ । दिउँसो देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पहाडी भूभागमा वर्षाको आकलन गरिएको छ।
शनिबार प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शनिबार राति गण्डकीका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आइतबार देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास छ भने पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment