आफ्नै पैसा झिक्न नपाएको झोकमा बैंक कब्जा !
बीबीसी । लेबनानको बेरुतमा आफूले बचत गरेको पैसा निकाल्न नपाएको झोकमा एक बन्दुकधारीले छ घण्टा बैंक कब्जा गरेका छन् ।
छ घण्टा बैंकलाई बन्धक बनाएका बन्दुकधारीलाई त्यहाँका नागरिकहरूले नायक भनेर प्रशंसा गरेका छन्।
गम्भीर आर्थिक सङ्कटका कारण लेबानका बैंकहरूले बचतकर्ताहरूलाई कतिसम्म पैसा झिक्न दिने भन्ने कडा नियम लागु गराएका छन्।
ती बन्दुकधारी राइफल बोकेर ब्याङ्कमा छिरेर पेट्रोल छर्कँदै अस्पताललाई बक्यौता तिर्नका निम्ति चाहिएकाले आफ्नै पैसा फिर्ता माग गरेका एएफपीले जनाएको छ।
उनको कार्यलाई नागरिकहरूले समर्थन गरेका थिए र ब्याङ्कबाहिर जम्मा भएर “तिमी नायक हौ” भनेर नारा लगाएका थिए।
वार्ताकारहरूले बन्दुकधारीलाई आफ्नो खाताबाट ३५ हजार अमेरिकी डलर झिक्न दिने सहमति गरेपछि कुनै अप्रिय घटनाविना नै उक्त प्रकरण टुङ्गिएको सञ्चार माध्यमले जनाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment