पारिवारिक विवादमा गोली चल्यो, १० जनाको मृत्यु
मोन्टेनेग्रो। मोन्टेनेग्रोमा एउटा पारिवारिक विवादपछि गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ।
आक्रमणकारीले एउटै परिवारका तीन जनाको गोली हानेर हत्या गरेका छन्। सोही घरमा बस्ने एक महिला र उनका दुई सन्तानको पनि हत्या गरेका छन्।
एक सर्वसाधरणले बन्दुकधारीलाई गोली हानेर हत्या गरेपछि आक्रमण शृंखला रोकिएको थियो। आक्रमणमा केही मानिस घाइते भएका छन्।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment