भ्रष्टाचार मुद्दामा दक्षिण कोरियाली सरकारले सामसुङका उत्तराधिकारीलाई किन माफी दियो ?

डिसी नेपाल
२८ साउन २०७९ १०:१६
72
Shares

काठमाडौं । दक्षिण कोरियाली सरकारले सन् २०१७ मा घूसखोरी र घोटालाको आरोपमा दोषी ठहर भएका सामसुङका उत्तराधिकारी ली जे-योङलाई माफी दिएको छ । ली जे योङलाई राष्ट्रपतिको विशेष माफी अन्तर्गत यो माफी दिइएको हो।

दक्षिण कोरियाका सबैभन्दा शक्तिशाली सेतो कलर अपराधीहरू मध्ये एक जे-योङलाई पूर्व राष्ट्रपति पार्क ग्युन-हेलाई घुस दिएकोमा दुई पटक जेल सजाय गरिएको थियो।

सामसुङका प्रमुखले दुई कम्पनीको मर्जरका लागि राष्ट्रपतिसँग सहयोग मागेका थिए र उनलाई ८ मिलियन डलर घुस दिएका थिए । यो खबर बाहिरिएपछि दक्षिण कोरियाको राजधानी सियोलमा पूर्वराष्ट्रपतिविरुद्ध चर्को विरोध प्रदर्शन भएको थियो ।

परिणाम राष्ट्रपतिले आफ्नो कुर्सी त्याग्नुपर्‍यो र योङ पनि जेल जानुपर्‍यो। अहिले दक्षिण कोरिया सरकारले उनलाई माफी दिएको छ ।

महामारीपछि देशको आर्थिक पुनरुत्थानका लागि अहिले उनी आवश्यक रहेको भन्दै सरकारले ली जे–योङलाई दिएको माफीलाई उचित ठहर गरेको छ । देशको सबैभन्दा ठूलो कम्पनीको वास्तविक नेता फिर्ता आउन आवश्यक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *