काली बाबालाई के कारबाही हुन्छ ?

डिसी नेपाल
३१ साउन २०७९ ६:५०
644
Shares

काठमाडौं। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर र मन्दिर परिसरमा फोटो खिच्न नपाउने र त्यस्तो गरेको पाइएमा जरिवाना गराउने चेतावनी दिएको छ।

कोषले एक विज्ञप्ति जारी गर्दै हालका दिनहरुमा प्रविधिको प्रयोगसँगै पशुपतिनाथ मन्दिर र परिसर फोटो, भिडियो खिच्ने काम भएको भन्दै कोषले त्यसो नगर्न चेतावनी दिएको हो।

केही दिन अगाडि कालीबाबाले गुह्योश्वरी मन्दिरभित्र प्रवेश गरी गुह्योश्वी माताको खड्ग जगाउने काम गरेका थिए। उनले राजकीय पूजाका क्रममा मात्र गरिने खड्ग साधना गर्दै गरेको फोटो र भिडियो समाजिक संजालमा सार्वजनिक गरेका थिए।

याे पनि पढ्नुस्

कालीबाबाको उद्दण्ड काम, अचानक जगाइदिए गुह्येश्वरीको खड्ग

सो विषयमा भने कोषले कुनै टिप्पणी गरेको छैन। उसले खाली पशुपतिनाथ मन्दिर र मन्दिर परिसर भित्र फोटो र भिडियो नखिच्न दर्शनार्थीलाई चेतावनी दिएको छ।

कालीबाबाले गुह्योश्वरीको गर्भ गृहभित्र प्रवेश गरेर खड्ग सिद्धि पूजामात्र नभइ गर्भ गृहको तस्वीरसमेत सार्वजनिक गरेपछि सवत्र आलोचना भएको थियो। तर यो विषयमा पशुपति क्षेत्र विकास कोष मौन छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *