तीन महिनापछि सुकेटार विमानस्थलमा उडान

डिसी नेपाल
३ भदौ २०७९ ११:५७
140
Shares

फुङ्लिङ। प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ। नेपाल एयरलाइन्सले आज उडान भरेको हो।

जहाजले काठमाडौँबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौँ फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए। उनका अनुसार अब तालिकाअनुसार सातामा सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ। यात्रुको चापलाई मध्यनजर गर्दै केही समयपछि शनिबार पनि उडान थप्ने तयारी भइरहेको कार्यलयले जनाएको छ।

ताप्लेजुङबाट काठमाडौँसम्मका लागि हाल रु नौ हजार दुई सय भाडादर छ। सुकेटार विमानस्थलमा गत जेठ १५ गते अन्तिम उडान भएको थियो। यात्रुले टिकट बुकिङ गरेपनि मौसमकै कारण जहाज आउन नसकेपछि उडान बन्द भएको थियो। लामो समय अवरुद्ध भएको उडान सुरु भएसँगै पर्यटन व्यवसायी, होटल व्यवसायी र सर्वसाधारण उत्साहित भएका छन्। उडानले प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर पूजापाठ गर्न आउने तीर्थयात्रीलाई सहज हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *