बझाङमा अरिङ्गालले टोकेर एक बालिकाको मृत्यु

डिसी नेपाल
१६ भदौ २०७९ २०:०८
404
Shares

धनगढी । बझाङमा अरिङ्गालले टोकेर एक बालिकाको मृत्यु भएको छ ।

थलारा गाउँपालिका–८ का गणेश सुनारकी ८ वर्षीय छोरी किस्मा सुनारको मृत्यु अरिङ्गालको टोकाइका कारण मृत्यु भएको हो ।

बिहीबार बिहान घर नजिकै ओखर खोज्न जाने क्रममा अरिङ्गालले टेकेर घाइते बनाएकी उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

बालिकामाथि अरिङ्गालको गोलो नै पसेको र उनलाई अरिङ्गालबाट बचाउन खोज्दा घरका अन्य सदस्यसमेत घाइते भएका मृतकका बुबा गणेश सुनारले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *