चितवनमा लागुऔषधसहित पाँच जना पक्राउ
चितवन। नियमित गस्तीमा निस्किएको प्रहरी टोलीले चितवनबाट लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट गाँजाका साथै डाक्टरको सिफारिसमा मात्र बिक्री–वितरण गर्न पाइने विभिन्न नियन्त्रित औषधिहरू बरामद गरिएको छ। बरामद गरिएका औषधिहरूमा ट्रामाडोल, डाइजोपाम, निर्फिन र फेनारगन लगायत रहेका छन्।
प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment