नेपाल राष्ट्र बैंकमा तिन पदका लागि दरखास्त आह्वान, ४३ जनालाई अवसर

डिसी नेपाल
१७ भदौ २०७९ ९:४७
112
Shares

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। केन्द्रिय बैंकको जनशक्ति व्यवस्था विभागले आज एक सूचना जारी गर्दै तिन पदका दरखास्त आह्वान गरेको हो।

बैंकले प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) पदका लागि १८ जना, प्राविधिकतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) पदका लागि १ जना र प्रशासनतर्फ सहायक (सहायक द्वितीय) पदमा का लागि २४ जना गरी कुल ४३ जनाका लागि दरखास्त खुलाइएको छ। बैंकले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको हो।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरुले अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ। दरखास्त पेस गर्ने अन्तिम मिति असोज ६ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरी असोज १३ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.