जहाजको ढोकाबाट किन फर्काइए दुई महिला?
काठमाडौं। खाडी मुलुक दुवई जान लागेका दुई महिला जहाज चढ्न लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन्।
उनीहरु नक्कली श्रम स्वीकृति लिएर खाडी मुलुक जान लागेका बेला फर्काइएका हुन्। उनीहरुलाई नेपाल प्रहरीले बुधबार राति पक्राउ गरी विमानस्थलबाट फर्काएको हो।
सुरक्षाका सम्पूर्ण चरण पार गरेर जहाज चढ्न लागेका उनीहरु पक्राउ परेका हुन्। नक्कली श्रम स्वीकृति लिएर उनीहरु विमान चढ्न लागेपछि पक्राउ परेको प्रहरीले जनाएको छ।
अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवदेनशील ठाउँमा नक्कली श्रम स्वीकृति लिएर जहाजको ढोकासम्म पुग्नुले विमानस्थलको सुरक्षा संवेदनशीलतामाथि प्रश्न उब्जिएको छ।
यी दुइ महिला फ्लाइ दुबईकाे जहाजबाट दुबई जान लागेका थिए।
पक्राउ परेपछि उनीहरुलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको थियो। तर अहिले गौशाला प्रहरीले उनीहरुलाई विमानस्थल प्रहरीको जिम्मा लगाएको गौशाला प्रहरी वृत्तका डिएसपी केवश भट्टराईले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment