सिर्जनशील लघुवित्तको आइपीओमा मागभन्दा ३४.४९ गुणा बढी आवेदन
काठमाडौँ। सिर्जनशील लघुवित्तको आइपीओमा एक अर्ब ३४ करोड ४९ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।
सीडीएसका अनुसार शुक्रबार बिहानसम्ममा १२ लाख ९ हजार ३०७ जनाले एक करोड ३४ लाख ४९ हजार ८७० कित्ताका लागि आवेदन दिएका हुन्। यो मागभन्दा ३४.४९ गुणा बढी आवेदन हो। कम्पनीले १५ भदौदेखि कुल तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो।
योमध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र पाँच हजार ४७० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी तीन लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा १९ भदौसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।







डिसी नेपाल








Facebook Comment