कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकपछि नतिजा प्रकाशन गरेको हो । बोर्डले मोबाइलमार्फत नतिजा हेर्न भनेर लिङ्क पनि सार्वजनिक गरिसकेको छ ।
कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि लेन्डलाइन र मोबाइल बाट १६०१ डायल गरी निर्देशन अनुसार सम्बोल नम्बर थिच्नुहोस् वा एसएमएस बाट NEB टाइप गरी १६०१ मा पठाउनुहोस्।
https://neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिन्छ ।
गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment