विद्यार्थी सुरक्षा लक्षित चेकिङः ८२ जना विद्यार्थी चालकहरू ट्राफिक प्रहरीको कारवाहीमा

डिसी नेपाल
२१ भदौ २०७९ १२:४५
40
Shares

काठमाडौँ। स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङमा आज ८२ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका ५१ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २४ जना, नम्बर प्लेट दुरुस्त नभएका ४ जना, तीन जना राखी मोटरसाईकल चलाउदै गरेका १ जना, तीव्र गतिमा जिग ज्याक चलाउने १ जना, हेल्मेट नलगाएका १ जना गरि ८२ जना विद्यार्थी चालकलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए।

साउन ३० गतेबाट शुरू भएको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हाल सम्म ‍१ हजार १६५ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारवाही गरिसकेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *