वडाध्यक्ष साहको निधन
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-६ का वडाध्यक्ष दिनेशप्रसाद साहको आज निधन भएको छ।
लामो समयदेखि बिरामी परेका उनको आज उपचारका क्रममा अस्पतालमा निधन भएको जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले जानकारी दिए।
यसैबीच वडाध्यक्ष साहको निधनको शोकमा आज जनकपुरधाम उपमहानगरपालिकाले बिदा दिइएको थियो। प्रशासकीय अधिकृत यादवका अनुसार आज उपमहानगरपालिका तथा मातहतका सबै निकायमा अत्यावश्यक सेवाबाहेक सबैमा शोक बिदा दिइएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment