पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा रिहा
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको आर्थिक अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
विशेष अदालतमा आज प्रतिवादी कार्कीको बयान कार्य सम्पन्न भएपछि भएको थुनछेक बहसपछि अदालतले उनलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अदालतको यो आदेशसँगै कार्की तोकिएको धरौटी रकम बुझाएर तारेखमा बस्न पाउनेछन्।
पोखरा विमानस्थल निर्माणका क्रममा मूल खरिद सम्झौता विपरीत चिनियाँ ठेकेदार कम्पनीलाई कर छुट दिई राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याइएको निष्कर्षसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचारको दाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो। सोही मुद्दाको थुनछेक बहसपछि अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment