वृद्धवृद्धालाई झिँगे दाउ देखाइयो

डिसी नेपाल
२२ भदौ २०७९ २१:३६
168
Shares

कीर्तिपुर । साहित्यकार भीमनिधि तिवारीको प्रशिद्ध सामाजिक कथा आधारित चलचित्र ‘झिँगे दाउ’ कीर्तिपुरका वयोवृद्धलाई देखाइएको छ । सामाजिक विषयवस्तु भएका कारण देशभर सबै हलमा स्थानीय वृद्धवृद्धालाई निःशुल्क देखाइएको जानकारी चलचित्रका निर्माता एवं निर्देशक ज्ञानेन्द्र देउजाले दिए ।

कीर्तिपुरको पाँगास्थित कीर्तिपुुर सिनेप्लेक्स हलमा देखाइएको उक्त चलचित्रमा एक आदर्श परिवार एउटा अति सामान्य कुराले पनि कसरी विग्रह हुनसक्छ भन्ने विषयवस्तुलाई उतारिएको छ ।

भीमनिधि तिवारी सामाजिक घटना क्रमलाई साहित्यमा यथार्थपरक ढङ्गले उतार्ने साहित्यकार मानिनछन् । विसं २००८ मा प्रकाशित उक्त कथामा दसैँको कोजाग्रत पूर्णिमाका दिन एकाघरका दुई बुहारी झिँगे दाउ भनिने सामान्य जुवा खेल्दाखेल्दै परेको विवादले ठूलो रुप लिँदा परिवार बिग्रिएर दाजुभाइ छुटिएको र वृद्ध बाबुआमाले दुःख पाएको कथा वस्तु छ ।

परिवारमा सानो कुराले ठूलो रुप लिन सक्छ त्यसलाई ठूलै मन गरी व्यवस्थापन गर्नुपर्छ भन्ने सन्देश दिएकाले वृद्धवृद्धाका लागि रोचक हुने सिनेप्लेक्सका सञ्चालक नरेन्द्र महर्जनले बताए। कीर्तिपुरका ५० जनाभन्दा बढी वृद्धवृद्धाले सो चलचित्र हरेको जानकारी पनि महर्जनले दिए ।

लचित्र निर्देशक देउजाले मिलेको परिवारको नमूना मानिएको खनाल परिवार जस्तै अधिकांश नेपालीको परिवारमा सामान्य कारणले ठूलो झगडा हुने गरेको बताए । यही विषयवस्तुलाई पर्दामा सकेसम्म यथार्थ झल्किने गरी उतारेको भनाइ उनको थियो । चलचित्रमा केकी अधिकारी, आँचल शर्मा र मुकुन भुसालको अभिनय छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *