क्लब प्लाटिनममा ग्याङ फाइट, ६ जना घाइते

डिसी नेपाल
२३ भदौ २०७९ ८:२६
1.9k
Shares

काठमाडौं। गएराति काठमाडौंको दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्लब प्लाटिनममा ग्याङ फाइट हुँदा ६ जना घाइते भएका छन्।

प्रहरीले एक जना घाइतेलाई ट्रमा सेण्टर पठाएको छ भने त्यसमा संलग्न १२ जनालाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखेको छ। प्रहरीका अनसरा राती १२ बजे तिर सो ग्याङ फाइट भएको हो। रमाइलो गरिरहेका मानिसहरुबीच एकआपसमा धकेलधाकल भई झगडा हुँदा कुटपीट भएको थियो।

नियन्त्रणमा लिईएका मध्येका छ जना घाइते भएको र सो घटनामा काठमाडौं महानगरपालिका ८ बस्ने बर्ष २७ का दोर्जे शेर्पाको अवस्था गम्भिर रहेको छ। उनको ट्रमा सेन्टरमा उपचार भईरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.