पूर्वयुवराज्ञी हिमानीले बाँडिन् लमजुङका ९७ विद्यालयलाई शैक्षिक सामग्री

डिसी नेपाल
२४ भदौ २०७९ १६:४५
520
Shares

लमजुङ । पूर्वयुवराज्ञी हिमानी शाहले ९७ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । हिमानी ट्रष्ट फाउन्डेसनले लमजुङका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

चाइना फाउन्डेसनको सहयोगमा ट्रष्टले लमजुङ जिल्लाका ३ पालिकाका सम्पूर्ण विद्यालयका बालबालिकालाई सामग्री वितरण गरको हो । हिमानी ट्रष्टको अध्यक्ष हिमानी शाहाको उपस्थितिमा ९७ विद्यालयका २ हजार ९५२ बालबालिकालाई कापी, कलम, टिफिन बट्टा, पानीको बोत्तल, झोला लगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।

दुधपोखरि, मर्स्याङ्दी दोर्दी गाउँपालिका विभिन्न विद्यालयका बालबालिका र शिक्षकहरुको उपस्थित रहेको थियो । जिल्लाका दुर्गम क्षेत्रका बालबालिकालाई पढाइमा सहयोग पुगोस् भनेर शैक्षिक सामग्री वितरण कार्यक्रमको आयोजना गरेको ट्रष्टले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *