लागूऔषधसहित कैलालीबाट चार जना पक्राउ

डिसी नेपाल
२४ भदौ २०७९ १८:२५
32
Shares

धनगढी । कैलालीमा लागूऔषधसहित चार युवक समातिएका छन् । जिल्लाको घोडाघोडी नगरपालिकामा लागूऔषधसहित चार जना पक्राउ परेका हुन् ।

घोडाघोडीको नगरपालिका वडा नम्बर १ को बेलारबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा २० वर्षीय दीपेश धामी, १९ वर्षीय शिव गुरुङ, २३ वर्षीय सुमन बोहरा र २१ वर्षीय उपेन्द्र बम रहेका छन् ।

उनीहरूको साथबाट दुई सय मिलीग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। बिहीबार राति बेलारबाट उनीहरूलाई गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *