डेङ्गुबाट ज्यान गुमाउनेको संख्या ७ पुग्यो, यसको संक्रमणबाट कसरी बच्ने ?
काठमडौं । देशैभरी फैलिइरहेको भाइरल संक्रमण डेंगुका कारण बिरामी हुनेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । पछिल्लो समय यसको संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । अहिले देशका धेरै अस्पतालमा डेंगुसँग सम्बन्धित लक्षण लिएर आउने बिरामीको संख्या पनि बढेको छ ।
डेंगु विं.स. २०६१ मापहिलो पल्ट नेपालमा देखिएको थियो । तत्पश्चात नेपालमा डेंगुको संक्रमण वर्षेनी देखिन थालेको छ । पछिल्लो समय हुम्ला र मुस्ताङबाहेक देशका बाँकी ७५ जिल्लामा यो संक्रमण देखिएको छ । २०७९ साल सुरु भएदेखि २५ भदौसम्म ७ हजार ३५६ जना सम्भावित डेंगु रोगी देखिएको स्वास्था तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
हालसम्मको डेंगु बिरामीको संख्या बागमती प्रदेशमा ५ हजार ५७५ रहेको छ । प्रदेश १ मा २७५, मधेश प्रदेशमा १३८, गण्डकी प्रदेशमा १४४, लुम्बिनी प्रदेशमा ९८३, कर्णाली प्रदेशमा ५३ र सुदुर पश्चिम प्रदेशमा १८८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोे छ । केही दिनमा नै डेंगु बिरामीमा झन्डै दोव्बरले वृद्धि भएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक २०० जना डेंगुको आशंका गरिएका बिरामी आउँछन् जसमध्ये ९० प्रतिशतमा परीक्षणका क्रममा डेंगु पुष्टि भएको डा. राजेश साहले बताए ।
चिकित्सकका अनुसार हल्कादेखि उच्च ज्वरो आउने, मांसापेशीहरु अत्याधिक दुख्ने, टाउको दुख्ने, आँखा वा आँखाका गेडी दुख्ने, वान्ता हुने थकान र बेचैनी हुने, र जोर्नीहरु दुख्ने यो संक्रमणका मुख्य लक्षण हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालालयले यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्था जान आग्रह गरेको छ ।
चिकित्सकका अनुसार टोक्नेलामखुट्टेले संक्रमण सारेको भए टोकाइको ५ देखि ७ दिनमा यसको लक्षण देखा पर्न थाल्दछ। पोथी लामखुट्टेको टोकाइबाट हुने डेंगु नियन्त्रणको लागि पानी जम्न सक्ने खाल्डो, गमला, फुलदानी, पुराना टायर आदि जस्ता ठाउँमा पानी जम्न नदिने, घर वरपर सरसफई राख्ने, शरीर पूरै ढाक्ने कपडा लगाउने, राती सत्दा झुल वा धुपको प्रयोग गर्ने आदि सुरक्षाका उपायहरु उपनाउन सकिन्छ ।
No ads found for this position


Facebook Comment