काभ्रेको बेथानेचाकमा पहिरो, एकै परिवारका तीनको मृत्यु
काठमाडौँ। काभ्रेमा पहिरोले एकै परिवारका तीन जनाको ज्यान गएको छ।
बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र छोरी सावित्री तामाङको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ठूलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पतालमा ज्षन गएको हो भने नीर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको हो।
पहिरो बिहीबार बिहान खसेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment