ट्राफिक नियन्त्रण १४५ औं समूहको तालिम सञ्चालन

डिसी नेपाल
३० भदौ २०७९ १२:३७
36
Shares

काठमाडौँ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १४५ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले सोही कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गरेका हुन्।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दल राम टमटाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार १८ जना र प्रहरी जवान ४२ जना गरी कुल ६३ जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *