पछिल्लो २ महिनामा ११ हजार जना डेंगुबाट संक्रमित
काठमाडौं । २०७९ श्रावणयता दुई महिनामा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार मुलुकभर दुई जिल्ला छोडी बाँकी ७५ जिल्लामा यसको संक्रमण देखिएको छ ।
पछिल्लो २ महिनाको तथ्यांकअनुसार ११ हजार जनामा डेंगु संक्रमण देखिएको हो । मन्त्रालयको तथ्याकमा डेंगु सक्रमण ११ हजार ६५ जनामा देखिएको छ । सबैभन्दा उच्च संख्यामा संक्रमित रहेको बागमती प्रदेशमा ८ हजार ३९० जना संक्रमित देखिएका छन् ।
लुम्बिनी प्रदेशमा १ हजार ४२१, १ नंम्बर प्रदेशमा ३४७, सुदूर पश्चिम प्रदेशमा ३२३, गण्डकी प्रदेशमा २२४, मधेश प्रदेशमा १८९, र कर्णाली प्रदेशमा १६२, जना रहेका छन् ।
पछिल्लो एक सातामा डेंगुको संक्रमण दोब्बर भएको छ । एक साता अघि संक्रमितको संख्या ६ हजार ७ सय ७ रहेकोमा सात दिनभित्रमा यो संख्या बढेर ११ हजार ६५ जना भएको हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment